after_navbar

किन गए लुम्बिनीका सबै मन्त्री काठमाडौंमा?


श्रावण २५, २०८१


दाङ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडौँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौँ पुगिसकेका छन् ।

ad

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिहरुसँग आज दिउँसो ३ बजे छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले बताए । उनले भने ‘ठ्याक्कै यो विषयमा भन्ने स्पष्ट छैन, तर केही निर्देशन दिनको लागि बोलाउनु भएको होला।’

मुख्यमन्त्री आचार्य र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की २२ गते नै काठमाडौँ पुगिसकेका थिए । उनीहरूले त्यहाँ राजनीतिक भेटघाट रहेका छन्।

प्रधानमन्त्रीले बाँकी मन्त्रीहरूलाई पनि बोलाएर छलफल गर्ने भनेपछि अन्य अहिले सबै मन्त्रीहरू पनि काठमाडौँ पुगिसकेका छन् । लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका चार जना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="