after_navbar

मोटरसाइकल र स्कुटर ठोक्किदा तुलसीपुरमा दुइजना घाइते


श्रावण २८, २०८१



दाङ,२८ साउन । दाङको तुलसीपुरमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोक्किदा दुइजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हात्तिखौवामा दुर्घटना भएको हो । दुर्घटनामा परी तुलसीपुर ६ निबासी १८ वर्षिय संजिता केसी र मोटरसाइकल चालक तुलसीपुर १७ निबासी ३० वर्षिय अजय खनाल घाइते भएका छन् ।

तुलसीपुरबाट घोराही तर्फ जादै गरे को रा ८ प १५६० नम्बरको स्कुटी र विपरित दिशावाट आउदै गरेको रा ३ प ९१८४ नम्बर को मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। सोमबार बिहान साढे ११ बजेतिर दुर्घटना भएको हो।

घाइते दुई जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="