after_navbar

परिणाम दिन नसक्नेले जिम्मेवारी छोड्नुपर्छः मन्त्री भण्डारी


श्रावण २८, २०८१


काठमाडौँ,२८ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र मातहतका निकायले सकारात्मक परिणाम दिनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाँचौँ वार्षिकोत्सवका अवसरमा उनले खाद्य कम्पनीहरु जनउत्तरदायी बनाउन सबैले ध्यान दिनुपर्ने बताए । पछिल्लो समय सरकार मातहतका निकायमाथी उठेका प्रश्नको जवाफ दिँदै उनले सकारात्मक परिणाम दिन नसक्नेले आफ्नो जिम्मेवारी छोड्नुपर्ने बताएका हुन् ।

ad

‘खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्ने उनले भनाई थियो । ‘कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन ? उनले प्रश्न गर्दै भने किन कार्य क्षेत्र विस्तार गर्न सकिएन ? परम्परागत रुपबाट कम्पनी चल्न सकेन भनेव्यावसायिक कार्ययोजना बनाउन जरुरी रहन्छ ।

देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पूँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औंल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="