after_navbar

आफैले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु


श्रावण २, २०८१


सप्तरी ,२९ साउन । सप्तरीमा आफैले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ। जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

ad

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८१८१ नंको क्लिंकर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सविन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शम्भुनाथ(५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="