दाङ २९ साउन । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मोतिपुरको ओरालोमा अटो दुर्घटना हुँदा अटोमा सवार पाँचजना घाइते भएका हुन्।
तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह ७३४७ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकाहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। थप विवरण आउन बाँकी छ।
📸
प्रतिक्रिया दिनुहोस