सागर सुबेदी, दाङ। दाङको तुलसीपुरमा विभिन्न सामाजिक संघसंस्थाहरूले सप्ताह व्यापी कार्यक्रम गरी युवा दिवस मनाइरहेका छन्। २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी कार्यक्रम गर्दै आएका छन्।
तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र, नगर स्तरीय युवा सन्जाल, स्थानीय युवा परिषद, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास डिभिजन कार्यालय, लियो क्लब अफ दाङ, रोटरी क्लब अफ तुलसीपुर सिटी र लायन्स क्लब अफ दाङ क्यापिटलले सहकार्य गर्दै २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ विभिन्न सप्ताहव्यापी कार्यक्रम गर्दै मनाउन लागेका हुन ।
हरेक बर्ष अगस्ट १२ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस बर्ष पनि “From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development” भन्ने नारा सहित विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउन लागिएको हो । हाम्रो देश नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवाहरु रहेकोमा सरोकारवाला निकायले युवाहरुलाइ स्वदेश मै केहि गर्न उत्प्रेरित गरोस र युवाहरु देश मै केहि गर्न उत्प्रेरित हुन् भन्ने मुल उद्देश्यका साथ यस्ता कार्यक्रमहरु आयोजना गरिएको तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारीले बताए ।
साउन २८ गते सोमबार तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा आयोजना गरिएको लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध र मानव मुल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेसँगै सप्ताहव्यापी कार्यक्रमहरुको उद्घाटन गरिएको हो ।
यससँगै साउन ३० गते युवासंग उद्यमशिलताको बिषयमा अन्तरक्रिया कार्यक्रम , साउन ३१ गते युवा तथा शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम र साउन ३२ गते तुलसीपुर २ स्थित मा.वि बालापुरमा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा जुत्ता मोजा वितरण कार्यक्रम गर्दै यस बर्षको २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
युवाहरुले सामाजिक क्षेत्रमा रहेर यस्ता कार्यक्रमहरु गर्दै गर्दा अन्य युवा साथीहरुमा पनि राष्ट्रप्रतिको सकारात्मक सोँच उत्पन्न गराइ देश विकासमा हातेमालो गर्ने आशा सहित आफु निरन्तर यस्ता सामाजिक क्षेत्रमा रहेर काम गर्ने गरेको अध्यक्ष भण्डारीले बताए ।
यस्तै लागु पदार्थ दुव्र्यसनी तथा साइबर अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको रुपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भरतनाथ योगीले कानुनी परामर्श दिएका थिए भने मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण गर्दै प्रशिक्षक रबिन्द्र बस्नेतले युवाहरुलाइ सहि मार्गमा हिँड्न उत्प्रेरित गरेका थिए ।
लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध तथा मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुखनगर प्रमुख टिकाराम खड्काले ३/ ३५ बर्ष पहिले नेपालले जापानलाइ प्रशस्त मात्रामा धान बिक्रि गर्ने गरेकोमा अहिले युवाहरुले काम गर्न चाँहि जाँगर नगर्ने तर बिदेशी जीवनशैलीको मोह बढ्दै गर्दा युवाहरु बिदेशिने लर्काे बढ्दै गरेको बताएका थिए ।
कार्यक्रममा विभिन्न सामुुदायिक तथा संस्थागत बिद्यालय बाट गरी जम्मा ७५ जना बिद्यार्थीहरुलाइ अभिमुखिकरण गरिएको थियो ।
नगरस्तरीय युवा सञ्जाल तथा तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओतबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर युवा सञ्जाल सचिव प्रेरणा परियारले गरेकी थिइन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस