after_navbar

सर्पले डस्दा छोराको मृत्यु, आमाको उपचार हुँदै


श्रावण ३०, २०८१


दाङ ३० साउन । दाङको घोराहीमा सर्पले डस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सर्पले डस्दा घोराई उपमहानगरपालिका वडा नम्बर ६ गुरुवा गाउँ बस्ने सातवर्षीय बालकको मृत्यु भएको छ। सर्पले टोकेपछि अस्पताल नगई गुरुवाको भरमा झारफुकमा लाग्दा उनको मृत्यु भएको हो ।

सर्पको डसाईबाट घाइते भएकी उनकी आमाको राती स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ। यता जिल्ला प्रशासन कार्यालय दाङले भने सर्पले जोशीमा झारफुक नभई उपचारतर्फ लाग्नुपर्ने बताएको छ।

विषालु सर्पहरूले डसेमा उपचार बाहेक अरु उपाय नभएको भन्दै झारफुकमा नलागी तुरुन्त अस्पताल पुर्याउन सबैमा अनुरोध गरेको छ। अभिसालु सर्पले टोकीमा आफै सन्चो हुने हुँदा झारफुक वा चुसेर ठिक हुन्छ भन्ने भ्रममा नपर्न सबैमा अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="