after_navbar

एक किलो बढि कोकिनसहित दुई विदेशी पक्राउ


श्रावण ३०, २०८१


काठमाडौँ, ३० साउन। नेपाल प्रहरीले १ किलो चारसय ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युेरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले काठमाण्डौ महानगरपालिका–१० नयाँ बानेश्वमा रहेको एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले त्यो कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक ९डीआईजी० दानबहादुर कार्कीले जानकारी दिए।

बरामद कोकिनको अवैध बजार मूल्य झन्डै तीन करोड ८७ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="