after_navbar

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


श्रावण ३२, २०८१


कैलाली,३२ साउन । मोटरसाइकलले ठक्करदिदा कैलालीमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ad

मोटरसाइकलको ठक्करबाट कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो। चौधरी मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–७ बस्ने ४० वर्षीय हरिप्रसाद चौधरी घाइते भएका छन्।

घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमै उपचार भइरहेको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="