after_navbar

तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु


भदौ ०७, २०८१


तनहुँ  ७ भदौ । तनहुँ बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं पठाइएको हो। प्रहरीका अनुसार उनीहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो बसमा ४३ यात्रु सवार रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="