दाङ,१७ भदौ । नेपाल प्रेस युनियन दाङले तीजमिलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिद्धार्थ बैँक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा पत्रकार, सरोवाला र विद्यार्थीहरुसंग वित्तीय साक्षरता कार्यक्रम गरेको हो । बैँकका तुलसीपुर शाखाका प्रबन्धक किरण आचार्यले बैँक तथा वित्तीय विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।
उनले डिजिटल बैकिङले व्यक्तिको जीवनलाई सरल र सहज बनाउँदै आएको बताएका थिए । नेपालमा बैँकिङ प्रणालीको बिकास,यसले मुलुकको समग्र क्षेत्रमा पुर्याएको योगदान, यसका क्षेत्रहरुको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
यसैगरी बैँकले कर्जा लगानीमा उपलव्ध गराउँदै आएको सेवा तथा छुटको बारेमा बताउँदै सिद्धार्थ बैँकको सेवामा जोडिन आग्रह समेत गरे ।
मितव्ययी र ग्राहकमुखी सेवालाई पहिलो प्राथमिकता राख्दै बैँकले आफ्नो सेवालाई सञ्चालन गरिरहेको उनको भनाई थियो । उनले छिटो, छरितो तरिकाले सेवा लिनका लागि डिजिटल बैँकको प्रयोग गर्नुपर्ने बताएका थिए। यसका साथै ग्राहकले बैँकबाट ऋणलिँदा वास्तबिक विवरण सहित आई प्रकृयामा गएमा ऋणसेवा सहजै प्राप्त हुने भन्दै ऋणकर्जा लगानी बैँकमार्फत गर्न सबैलाई प्रेरित समेत गरेका थिए । बैँकसेवा लिँदा सेवाग्राहीले बैँँक र आफुले लिने सेवाका विषयमा पूणर्रुपमा जानकार भएर मात्रै सेवा उपभोग गर्नुपर्ने बताएका थिए।
तीज मिलनको अवसरमा प्रेस युनियन दाङले आयोजना गरेको संस्कृति संरक्षणमा सरोकारवालाको भुमिका तथा वित्तीय साक्षरता कार्यक्रमका अवसरमा उनले वित्तसेवाको बारेमा जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस