after_navbar

चट्याङ लागेर एक महिलाको मृत्यु


असोज ०८, २०८१


मोरङ ,८ असोज । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार नगरपालिकाको वडा नम्बर ९ स्थित धनजुवामा मंगलबार दिउँसो करिब पौने १ बजे परेको चट्याङ लागेर २८ वर्षीया साकरो हेमरनको मृत्यु भएको हो।

दिउँसो खेतमा घाँस काटिरहेको अवस्थामा हेमरनउपर चट्याङ परेको थियो।

उनीनजिकै रहेकी २२ वर्षीया विनिता हेमरन घाइते भएकी छन्। कानबाट रगत बगेर घाइते भएकी विनितालाई उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस

data-href="