after_navbar

उपत्यकाका नदिमा बाढिले खतराको तह पार गर्‍यो


असोज ११, २०८१


काठमाडौं:११असोज। काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकास्थित बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो।

त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको हो। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा निरन्तर भइरहने सम्भावना रहेकाले रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="