after_navbar

करेन्ट लागेर एक महिलाको मृत्यु


असोज १५, २०८१


गुल्मी, १५ असोज । गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङ् निवासी वर्ष २७ की माया रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन ।

ad

सोमबार अपरान्ह घर पोत्ने क्रममा घाईते भएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको हो ।

घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेण्ट प्रवाहभई घाईते बनेकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराइएको थियो । उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="