after_navbar

बबई नदीमा डुबेका एक बालकको मृत्यु ,एकजनाको सकुशल उद्धार


असोज २२, २०८१


दाङ,२२ असोज। नदीमा नुहाउने क्रममा डुबेका एक बालकको मृत्यु भएको । एकजनाको सकुशल उद्धार गरिएको छ। दङ्गी शरण गाउँपालिका वडा नम्बर १ मा रहेको बबई नदीमा नुहाउने क्रममा नदीमा डुब्दा सोही ठाउँका पुष्कर खड्काको मृत्यु भएको हो।

मङ्गलबार दिउँसो १ बजेको समयमा नुहाउन नदीमा गएका थिए। नुहाउने क्रममा बेपत्ता भएका अर्का तारापुनको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी प्रमुख दिगविजय केसीले जानकारी दिए।

उनका अनुसार बेपत्ता भएका तारापुनको स्थानीय तथा सुरक्षाकर्मीको टोलीले खोजी कार्य गरी सकुशल उद्धार गरेको हो भने बस्नेतलाई मृत अवस्थामा फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="