after_navbar

पुरातात्विक सम्पदाको संरक्षण गरिने:मुख्यमन्त्री आचार्य


असोज २, २०८१


दाङ २९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाको संरक्षण गरिने बताएका छन्। अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्तिपीठहरूको दर्शन गर्दै मुख्यमन्त्री आचार्यले जिल्लाका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरूलाई संरक्षण गरिने बताएका हुन्। उनले धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य का रूपमा अघि बढाउने समेत जानकारी दिएका छन्।

मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेकाे मालारानी मन्दिरको दर्शन गर्नु गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बाेकेका मठ, मन्दिर तथा सम्पदाकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेकाे, लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जाेड्नेगरि याेजना बनाएकाे छ ।

सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाकाे संरक्षणका लागि सरकारले याेजना बनाउछ´उनले भने-समुदायकाे साथ, सयाेग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन ।´

प्रदेश सरकारले विश्व पर्यटन दिवसकाे सन्दर्भ पारेर `घुमाैं लुम्बिनी´काे लागि आह्वान गरेकाे थियाे । गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्‍याउने याेजना अघि सारिएको हाे ।

समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशकाे संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावर्ण निर्माणकाे जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

data-href="