after_navbar

दुर्घटना पछि फरार चालक पक्राउ


असोज ३०, २०८१


काठमाडौं,३० साउन। सवारी दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ad

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । उनीसँगै बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यही असोज २६ गते साँझ काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय राम घाइते भएका थिए ।

सवारी चालक विष्टले घाइतेलाई काठमाडौं मेडिकल कलेज पुर्याएर फरार भएका थिए । घाइते रामको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="