सुर्खेत,८ कार्तिक । सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस ९एसएमएल० दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले जनाएको छ।
जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश गाडी कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका–८ को हुड्के नजिक ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अनुसार दुर्घटनामा परि ६ जना घाइते भएको जानकारी दिए।
उनका अनुसार अघाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ।
२९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस