पोखरा,२२ कार्तिक । दाङबाट भ्रमणका लागि गएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहीबार कास्कीको पोखरा महानगरपालिका( २२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।
नवयुग डान्स क्लब दाङबाट भ्रमण गएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका( ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।
घाइते दुवै अवस्था समान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ ।
चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस