धनगढी,२४ कार्तिक । कैलालीको धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम निस्क्रिय पारिएको छ।
धनगढी उपमहानगरपालिका(३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोजल गरेको जानकारी दिए।
खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीले बताएको छ
प्रतिक्रिया दिनुहोस