दाङ,१६ मंसिर । दाङमा मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। विपरीत दिशातर्फ गइरहेका मोटरसाइकल एकआपसमा ठोकिँदा गढवा गाउँपालिका वडा नम्बर ३ धइरेनीमा दुर्घटना भएको हो। दुर्घटनामा परी लमही नगरपालिका(३ मजगाउँका ५० वर्षिय राजबहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
दुर्घटनामा परी राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३६ का बाबुराम चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
उनका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका राजबहादुरको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र अर्का घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
आइतबार राती गढवा गाउँपालिका-३ धैरेनीमा रा६प १७६२ नम्बरको मोटरसाइकल र लु६६प ३८१५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस