after_navbar

भिरबाट लडेर एकको मृत्यु


मङि्सर २३, २०८१


दार्चुला ,२३ मंसिर ।महाकाली नगरपालिका–७ ओखलगाडामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार स्थानीय पहरे खोला भिरबाट लडेर ओखलगाडास्थित लिखाडका ४८ वर्षीय रतनसिंह कुँवरको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो घरबाट घाँस काट्न गएका कुँवर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको आफन्तले बताएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="