after_navbar

गैंडाको आक्रमणमा परी दुईजना घाइते


पुष १६, २०८१


चितवन ,१६ पुस। गैंडाको आक्रमणमा परी दुईजना घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ काशीगाउँका स्थानीय गैंडाको आक्रमणमा परेका हुन्।

गैंडाको आक्रमणबाट घाइते हुनेहरूमा ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत रहेका छन्

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="