after_navbar

कल सेन्टरमा छापा:५३ जना पक्राउ


पुष २३, २०८१


काठमाडौं,२३ पुस। ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा सीआईबीले छापा मारेको छ। छापा मारिएको कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीका अनुसार सिआइबीले सोमबार राति पक्राउ गरेकामध्ये ३ जना भारतीय रहेका छन्। जसमा २९ जना महिला रहेका छन्।

नेपालीको नाममा कम्पनी भारतीयले झण्डै २ महिनादेखि कल सेन्टर चलाएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनीहरुको साथबाट ८५ थान ल्यापटप र ८५ वटा मोबाइल बरामद भएको बोगटीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

उनीहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="