after_navbar

३३ करोड रकम हिनानिमा प्रकरणमा ५६ वर्षीय चौधरी पुर्पक्षका लागि कागार चलान


पुष २४, २०८१


दाङ,२४ पुस। झण्डै ३३ करोड रकम हिनामिना प्रकरणका मुख्य प्रतिवादी कारागार चलान भएका छन् । दंगीशरण गाउँपालिका वडा नं. ५ मिलौरीका ५६ वर्षीय ज्योती चौधरी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीयसंस्थाको संस्थापक अध्यक्ष समेत रहेका चौधरीलाई झण्डै ३३ करोड रकम हिनामिना प्रकरणमा मुख्य प्रतिवादी ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो । नेकमा माओवादी केन्द्र निकट मानिने चौधरी पूर्व शिक्षक पनि हुन् ।

लघुवित्त वित्तीय संस्थाको संस्थापक सञ्चालक समितिका अध्यक्ष चौधरीमाथि झन्डै ३३ करोड हिनामिना गरेको देखिन आएपछि उच्च अदालत तुलसीपुरले पूर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको थियो । ठूलो आर्थिक अपचलनको मुद्दा पछि लामो समयदेखि फरार रहँदे आएका चौधरी सोमबार उच्च अदालत तुलसीपुरमा आँफै उपस्थित भएका थिए ।

बिगतमा तुलसीपुरको आलु्मण्डी नजिकै केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्था पछिल्लो समय गुल्म चोक नजिकै स्थान्तरण गरिएको थियो । जस्लाई समस्या ग्रस्त संस्थाको संज्ञा दिदैं केही समय पहिले राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिइ सकेको छ । पछिल्लो समय समस्याग्रस्त भनेर राष्ट्र बैंकले नियन्त्रण लिइ आफ्नै कर्मचारी खटाएर हाल सञ्चालन हुँदै आएको छ ।

चौधरीले सुरुमा यो लुघुबित्तलाई एनजियोको रुपमा सञ्चालन गरेका थिए । पछि त्यसलाई लघुबीत्तमा परिणत गरेका थिए ।
एनजियो हुँदा सुरुमा सञ्चालक समिति र कर्मचारीसमेत गरि ३३ लाई प्रतिबादी बनाइ २०७९ मा उच्च अदालतमा बैंकिङ कसुर सम्बन्धि मुद्दा परेको थियो । त्यसको एक बर्ष पछि लुघुबित्त भएपछि फेरि पुरुक अभियोग दर्ता भएको थियो । लुघबित्त भएपछि थप २३ जना थपिएका थिए । ती सबै गरि ५६ जनालाई प्रतिबादी बनाइएको थियो ।

ती सबै मध्य संस्थापक अध्यक्ष ज्योतिप्रशाद चौधरीलाई मुख्य अभियुक्तका रुपमा अथ्याउँदै अदालतले पूर्पपक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।पुस २१ गते आँफै अदालतमा उपस्थित भएको चौधरीको सो दिन बयान भएको थियो । सोमबार थुनछेक बहस भएको थियो । सोही दिन चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले सोमबार चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । त्यो संगै उनी पूर्पक्षका लागि तुलसीपुर कारागारमा चलान गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="