after_navbar

गढवामा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु


माघ ०४, २०८१


दाङ,४ माघ। गढवा गाउँपालिकामा बिहीबारदेखि विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु गरिएको छ। स्वास्थ्य सेवाहरूलाई छरितो, व्यवस्थित, र प्रभावकारी बनाउनका लागि यो प्रणाली लागू गरिएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार, यो प्रणालीले बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण विद्युतीय रूपमा अभिलेख गरी आवश्यकता अनुसार सहज पहुँच प्रदान गर्नेछ। प्रणालीले स्वास्थ्यकर्मीहरूलाई बिरामीको विवरण सुरक्षित राख्न, आवश्यक जानकारी तुरुन्तै उपलब्ध गराउन, र उपयुक्त उपचार सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ।

कार्यक्रमको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, कर्मा हेल्थका प्रतिनिधि योसिफुमिनन् र मामी सान, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, महिला स्वास्थ्य स्वयंसेविका, र अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष पोख्रेलले यो प्रणालीले विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा क्रान्तिकारी सुधार ल्याउने र जनताको जीवनस्तर सुधार गर्न सहयोग गर्ने बताए। कर्मा हेल्थका प्रतिनिधिहरूले यस प्रणालीले स्वास्थ्य सेवामा पारदर्शिता र दक्षता बढाउने विश्वास व्यक्त गरे।

गढवा गाउँपालिकाले यो प्रणालीलाई गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा विस्तार गर्ने योजना अघि सारेको छ। कार्यक्रमको सहजीकरण गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञानकुमार बसेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="