दाङ , १५ माघ ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का कार्यसमितिले सहिद परिवारलाई सम्मान तथा वडा सम्मेलन कार्यक्रम गरेको छ। वडा सभापति नवीन बुढाथोकीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आथित्यता मा कार्यक्रम गरिएको हो। कार्यक्रममा द्वन्द्वकालमा कांग्रेसको राजनीति गरेकै कारण द्वन्दरत पक्षले सहित बनाएका परिवारहरुलाई विशेष सम्मान समेत गरिएको थियो।
सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले पार्टीले सहित परिवारहरुलाई सम्मान गर्न नसकेको सम्झिन नसकेको बताए । उनले वडा समितिले गरेको प्रशंसनीय कार्यलाई सबै स्तरसम्म पनि लैजान सक्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ५ का पूर्व सभापति मदन धिताल र महाधिवेशन प्रतिनिधि बिमल रिजाल रहेका थिए ।
उनीहरुले काङ्ग्रेस भएकै कारण देश र समाजको हितमा काम गरेकै कारण मारिनु दुखद भएको बताए । उपसभापति शिशिर कुमार लामिछानेले सहजीकरण गरेको कार्यक्रममा नेताहरु जनक खराल , बेनु अधिकारी, लेखमनी खत्री(लक्ष्मन), घनश्याम भण्डारी, जिबि जिएम ,खुम ब न्यौपाने को उपस्थिति रहेको थियो।
सहिद जित बहादुर वलीको परिवारलाई सम्मान गरिएको थियो । जित बहादुर वलीको २०५३/फागुन १५ गते मृत्यु भएको र एक करोड बराबर जिन्सी र नगद नियन्त्रणमा लिइ परिवारलाई यातना सहित तत्कालिन अबस्थामा बिस्थापित गरिएको थियो । बक्ताहरुले सहिद वलीको योगदानको चर्चा गरेका थिए । राज्यले सहिदहरुलाई सम्मन गर्नु पर्ने योगदान को कदर गर्नु पर्ने बताएका थिए ।
सहिद जित बहादुर वलीकोश्रीमतिलाई सम्मान गरिएको थियो । सहिद परिवारबाट बुहारीहरु बिरमाली वली,शुसिला वली तथा बहिनी शुभद्रा वली डाँगीको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस