after_navbar

झुलेनी सेवा समाजको रक्तदान कार्यक्रम


माघ १६, २०८१


दाङ,१६ माघ। झुलेनी सेवा समाज नेपाल दाङले रक्तदान कार्यक्रम गरेको छ। आफ्नो संस्थाको स्थापना दिवस तथा सहिद दिवसको अवसर पारेर झुलेनी सेवा समाजले रक्तदान कार्यक्रम गरेको हो।

बुधबार झुलेनी सेवा समाजका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको थियो।

जनस्वास्थ्य निरीक्षक केसीले रक्तदान जस्तो मानव सेवासँग जोडिएको कार्यक्रम समाजका लागि अतिनै महत्वपूर्ण रहेको उल्लेख गरे। रक्तदानले ज्यान बचाउने मात्र नभई समाजमा सकारात्मक सन्देश फैलाउने भएकाले यस्ता अभियानहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

झुलेनी सेवा समाजका उपाध्यक्ष सुरज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले गरिब तथा असहायलाई न्यानो कपडा वितरण, विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण, वृद्ध नागरिकहरूको सम्मानजस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी गराएका थिए।

कार्यक्रमको सहजीकरण सचिव विष्णु भण्डारीले गरेका थिए। सो अवसरमा १९ जनाले रक्तदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="