दाङ,२३ माघ । तुलसीपुरमा किशोरीहरूको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा आज किशोरीहरुलाई खोप लगाइएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत ८ सय २४ जना किशोरीलाई खोप प्रदान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख वसन्त आचार्यले जानकारी दिए।।
उनका अनुसारगोलौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा सञ्चालन भएको खोप अभियान भोलि पनि जारी रहनेछ। हिमाल, आदर्श, डीभाइन, शिखा र राप्ती बाल एकेडेमीका छात्राहरुलाई खोप दिइने योजना रहेको स्वास्थ्य सेवा केन्द्रले जनाएको छ।
एचपीभी खोप सर्वाइकल क्यान्सर जस्तो गम्भीर रोगको रोकथामका लागि प्रभावकारी मानिन्छ। यस अभियानले किशोरीहरूलाई सुरक्षित भविष्य निर्माणमा टेवा पुर्याउने उनले बताए।
प्रतिक्रिया दिनुहोस