after_navbar

सार्वजनिक भएसंगै  ट्रेन्डिङमा पुग्यो ‘कुरै खलास’ 


बैशाख २१, २०८२


दाङ ।  सर्जक मनजीत पुनको ‘कुरै खलास’ गीत्वसार्वजनिक भएको तीन दिनमै युटुबमा ट्रेन्डिङमा रहेको छ ।
दङागाली सर्जक मनजीत पुनको सिर्जना रहेको र्वकृष्ण रेउले युट्युव च्यानलबाट सार्वजनिक भएको   गीत आइतबार सम्ममा युटुबमा २० औ नम्बर ट्रेन्डिङमा रहेको छ ।

ad

सार्वजनिक गितमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको स्वर रहेको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन रहेको गीतले छोटो समयमै दर्शक तथा श्रोता समक्ष लोकप्रिय बनेको छ । म्युजिक भिडियोले सोचेको भन्दा पनि सफलता पाएको सर्जक पुनले बताए । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छ्न । चर्चीत नायिका प्रियंका कार्की, कृष्ण रेउले, बिमल अधिकारी, विक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, र जोयम पुनको अभिनय रहेको छ ।

ad

सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकल दिएका छ्न ।  गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत एरेन्जर बिमल छिनाल हुन् ।  छायांकन अजय रेग्मी गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका हुन्  । गितको कोरियोग्राफी युमी बालामीले गरेका छन् ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="