after_navbar

हनी ट्र्यापमार्फत ब्ल्याकमेल गर्ने दुई युवती प्रहरी नियन्त्रणमा


जेठ ०, २०८२


काठमाडौँ, ८ जेठ । हनी ट्रयापमार्फत ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले दुइ युवतीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल प्रयोग गरी युवकलाई मोह जालमा पारेर ब्ल्याकमेल गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० की ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती युवतीहरूले सामाजिक सञ्जालमार्फत एक युवकसँग चिनजान गरी ठमेलस्थित होटलमा बोलाएका थिए। त्यहाँ मदिरा सेवन गराई युवकको नग्न फोटो तथा भिडियो खिचेर ब्ल्याकमेल गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूले पीडित युवकसँग सुरुमा चार आना जग्गा दिन दबाब दिएका थिए। पछि पाँच लाख रुपैयाँ बराबरको चेक लिन पुगेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।

प्रहरी अनुसन्धानबाट उनीहरूले युवकलाई ूजबरजस्ती करणी मुद्दामा फसाउने धम्कीू समेत दिएको तथ्य पनि खुलेको छ।

हाल दुवै महिलामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="