after_navbar

तुलसीपुरका एक दर्जन बढी होटेलमा प्रहरीको छापा, १७ जना नियन्त्रणमा


जेठ १०, २०८२


दाङ, ९ जेठ । दाङको तुलसीपुरमा रहेका एक दर्जनभन्दा बढी होटेलमा प्रहरीले छापा मार्दै १७ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाका अनुसार होटेलमा अवैध क्रियाकलाप भइरहेको आशंकामा छापा मारिएको हो।

तुलसीपुरको बसपार्क क्षेत्रस्थित न्युरोड लगायतका १० भन्दा बढी होटेलमा गरिएको कारबाहीका क्रममा रुकुमेली खलंगा गेस्ट हाउस सहित ६ वटा होटेलबाट संकास्पद गतिविधिमा संलग्न रहेको आधारमा ९ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिइएको हो।

“होटेल सञ्चालकसमेत पक्राउ परेका छन्,” प्रहरी निरीक्षक रानाले जानकारी दिँदै भने, “पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार तुलसीपुरका होटेलहरूमा पछिल्लो समय विभिन्न प्रकारका अवैध गतिविधि भइरहेका गुनासोहरू व्यापक रूपमा प्राप्त हुन थालेपछि कारबाही सुरु गरिएको हो।

हाल नियन्त्रणमा लिइएका व्यक्तिहरूको परिचय सार्वजनिक गरिएको छैन भने अनुसन्धानपश्चात् आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

data-href="