काठमाडौँ,१० जेठ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(१ दहचोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याल छन् ।
जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका(१ दहचोकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस