काठमाडौं,१० जेठ । झापा र इलाममा छुट्टाछुट्टै घटनामा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन्।
झापाको भद्रपुर नगरपालिका–५ का २१ वर्षीय शंकर राजवंशीलाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पीडित पक्षबाट उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई कन्काई नगरपालिका–८, लक्ष्मीपुरबाट पक्राउ गरेको हो।
त्यस्तै, इलाम नगरपालिका–४ छयारछयारेका ३२ वर्षीय गोबिन्द बिष्टलाई २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस