after_navbar

तुलसीपुरमा ब्राउन सुगरसहित एक महिला पक्राउ


जेठ २०, २०८२


दाङ,१९ जेठ । अवैध लागू औषध ब्राउन सुगर सहित दाङको तुलसीपुरमा एक महिला पक्राउ परेकी छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आज सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित शिवनगरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ घोरनेठी बस्ने २१ वर्षीय प्रतिभा विश्वकर्मा रहेको प्रहरीले बताएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा शसक्त रूपमा चेकजाँच गरेको थियो।

विश्वकर्मालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा कुल २६० मिलिग्राम भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। लागू औषध लुकाई छिपाई बोकेको अभियोगमा उनलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखिएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="