after_navbar

लुटपाट गरि घनधनीको हत्या


जेठ २४, २०८२


सप्तरी,२३ जेठ ।सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा बिहीबार राति डाकाको समूहले लुटपाटसँगै एक जनाको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाकाहरूले स्थानीय कान्तलाल चौधरीको घरमा आक्रमण गर्दै धनमाल लुटपाट गर्दा चौधरीको ज्यान गएको हो। डाकाको आक्रमणमा परेका उनका भाइ रमाकान्त चौधरी घाइते भएका छन्।

डाकाहरूले घरबाट सुनचाँदीका गरगहना र नगद समेत लुटेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

प्रहरीले डाकाहरूको खोजी तीव्र पारिएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="