दाङ,२५ जेठ । दाङको तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित ख लाइनमा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।। उक्त डेन्टलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर केसीले गरेका हुन् ।
उद्घाटन गर्दै उपाध्यक्ष केसीले जनआवश्यकता अनुसार डेन्टल क्लिनिकहरू सञ्चालन हुनु यस क्षेत्रका लागि खुसीको कुरा भएको बताएका थिए। तुलसीपुरमा डेन्टल क्लिनिकहरू कमै मात्रामा रहेको हुनाले बिरामीहरूले उपचारमा समस्या झेल्दै आएको र ती समस्याहरू केही हदसम्म समाधान हुने अपेक्षा गरे।
क्लिनिक सञ्चालक बिमल खत्रीले बुटवल र स्याङ्जा लगायतका विभिन्न स्थानको १४ वर्षभन्दा बढी लामो अनुभव अब यस क्षेत्रका नागरिकको सेवामा समर्पित गर्ने बताए।
तुलसीपुरमा डेन्टल क्लिनिकहरु कमै मात्रामा रहेको र दन्तरोग सम्बन्धी बिरामी हरु बढ्दै जाँदा बिरामीको आवश्यकतालाई मध्यनजर गरेर आफ्नै ठाउँमा सेवा दिनका लागि बुटवलबाट तुलसीपुरमा क्लिनिक स्थानान्तरण गरिएको उनले बताए।
दन्त चिकित्सक डाक्टर प्रमुख दन्त सहायक खत्री र वरिष्ठ दन्त चिकित्सक डा. शृषा अधिकारीले दाँत सम्बन्धी सम्पूर्ण उपचार तथा सेवाहरू प्रदान गर्ने क्लिनिक सञ्चालक मुना बस्नेतले जानकारी दिइन् ।तुलसीपुर क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य सहित डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
करीब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको क्लिनिकमा नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइने बताइएको छ। सञ्चालकहरूका अनुसार तुलसीपुरमा क्रियाशील अन्य डेन्टल क्लिनिकहरूभन्दा तुलनात्मक रूपमा कम शुल्कमा सेवा उपलब्ध गराइनेछ।
“हामीले आम नागरिकलाई लक्षित गरी यो सेवा सुरु गरेका हौं। स्वास्थ्यको अधिकार सबैको हो ,उनीहरूले भने-“र त्यो अधिकार सुलभ र पहुँच योग्य बनाउनु हाम्रो लक्ष्य हो।”
क्लिनिकमा नियमित दन्त जाँच, दाँत फुकाल्ने, रूट क्यानाल उपचार, दाँतको सफाइ (स्केलिङ), कृत्रिम दाँत जडान, बालबालिकाका लागि विशेष दन्त सेवा, एक्स–रे लगायतका सेवा उपलब्ध गराइने छ। शुद्ध उपकरणको प्रयोग, अनुभवयुक्त टिम र व्यक्तिगत सन्तुष्टिलाई ध्यानमा राखी सेवा प्रदान गरिने क्लिनिकले जनाएको छ।
तुलसीपुरमा दन्त स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यले स्थापना गरिएको क्लिनिकले गुणस्तरीय उपचारको विकल्प दिन सक्ने विश्वास स्थानीय नागरिकको छ।
प्रतिक्रिया दिनुहोस