काठमाडौं,२५ जेठ । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि कुटपिट गरेको घटनामा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गणमा सरुवा गरिएको छ।
सार्वजनिक स्थलमा सर्वसाधारणमाथि २०८१ मंसिर २३ मा भएको दुर्व्यवहारबारे ६ महिनापछि सार्वजनिक भएको घटनापछि उनीहरूलाई ट्राफिक विभागबाट हटाइएको हो।
ट्राफिक सई इश्र महर्जनसहित संलग्न चार जनालाई सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
उक्त घटना २३ मंसिर २०८१ मा घटेको भए पनि ११ वैशाख २०८२ मा मात्रै सार्वजनिक भएको थियो। घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनीहरूको जिम्मेवारी खोस्दै छानबिन प्रक्रिया अघि बढाएको थियो।
प्रतिक्रिया दिनुहोस