after_navbar

बाध्य भएर विद्यालय शिक्षा विधेयकमा हस्ताक्षर गरेः सभापति थापा


जेठ ३२, २०८२


काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न आफू नैतिक दबाबमा बाध्य भएको बताएका छन्।

शनिबार समितिको छलफलमा उनले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सहमतिमा सही गर्नुपरेको स्पष्ट पारे। “देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलो अपराध लागेन,” थापाले भने, “तर फेरि यस्तो भयो भने खबरदार भन्ने चेतावनी पनि आएको छ।”

थापाले आफूले जबरजस्ती हस्ताक्षर नगरेको र संसदीय प्रणाली विपरित भएको भन्दै सहमतिमा सहभागी नहुन आग्रह गरे पनि वातावरण नैतिक रूपमा यस्तो बनेको बताए।

उपसमितिले पनि सही नगर्न भनेको स्मरण गराउँदै, उनले भने “मैले सही नगरेसम्म आन्दोलन रोकिँदैन भन्ने भएपछि बाध्य भएर सही गरें,।

थापाले छलफल अझै बाँकी रहेकाले विधेयक १५ गते पारित नहुने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

data-href="