after_navbar

थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा


भदौ ०८, २०८२


दाङ,८भदौ । पश्चिम तराइका थारू समुदायले आज आफ्नो महत्त्वपूर्ण पर्व अटवारी उल्लासपूर्वक मनाउँदैछन् । यो पर्व दर खाने, व्रत बस्ने, रोटी–भात पकाई देवतालाई चढाउने परम्परासहित मनाइन्छ ।

ad

दाङको घोराही–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारीमा बेलुकी पकाइएका रोटी, दही र फलफूल अग्नि देवतालाई चढाइन्छ र दिदीबहिनीका लागि छुट्टै परिकार तयार गरिन्छ । दाजुभाइले आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी तथा अन्य परिकार घरमै पुर्‍याउने प्रचलन रहेको उनले बताइन् । दिदीबहिनीका घरमा कोसेली पु¥याएपछि मात्र पर्व सम्पन्न हुने मान्यता छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर अटवारी पर्व मनाउने परम्परा पनि छ । थारू संस्कृतिविद् अशोक चौधरीका अनुसार थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको छ, र यस पर्वले दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको निर्णयअनुसार दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="