after_navbar

जापानी इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु, सबैभन्दा बढी लुम्बिनीमा


भदौ १७, २०८२


काठमाडौं,१७ भदौ। जापानी इन्सेफ्लाइटिस (जेई) का कारण देशभर २३ जनाको ज्यान गइसकेको छ। यस वर्ष डेंगु जस्तै लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको मृत्युदर भने डेंगुभन्दा धेरै उच्च देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अहिलेसम्म देशभर ३ हजार ५८६ जना डेंगु संक्रमित भेटिएका छन् भने २ जनाको मृत्यु भएको छ। तर सोही अवधिमा ११३ जना जेई संक्रमित भेटिँदा २३ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये १८ जना ४० वर्षमाथिका र ५ जना ३९ वर्षमुनिका छन्। प्रदेशगत हिसाबमा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ। नवलपरासी पश्चिममा २ र अर्घाखाँची, रूपन्देही, प्यूठान, दाङ, बाँके र बर्दियामा एक–एक जनाको मृत्यु भएको हो।

यस्तै बाग्मती र गण्डकी प्रदेशमा ४–४ जना, कोशीमा ३, रौतहटमा २ तथा कैलालीमा १ जनाको मृत्यु भएको छ।

गत वर्ष ९२०२४० ८६ संक्रमित भेटिँदा २५ जनाको मृत्यु भएको थियो भने २०२३ मा १०७ संक्रमितमध्ये ७ जनाको ज्यान गएको थियो। पछिल्ला वर्षमा जेई संक्रमणबाट हुने मृत्यु दर उच्च हुँदै गएको देखिन्छ।

के हो जापानी इन्सेफ्लाइटिस ?
जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार नभएकाले यसविरुद्धको खोप र लामखुट्टेको टोकाइबाट बच्ने उपाय नै सुरक्षित विकल्प हो। खोप लगाउँदा यस रोगबाट ९९ प्रतिशत जोगिन सकिने खोप शाखा प्रमुख डा। गौतमले बताए। नेपालमा पाँच वर्षमुनिका बालबालिकालाई नियमित खोप तालिकाअनुसार जेई खोप लगाइँदै आएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जापानी इन्सेफ्लाइटिस एसियामा भाइरल इन्सेफ्लाइटिसको प्रमुख कारण हो। हरेक वर्ष करिब १ लाख जना यसबाट संक्रमित हुने र २५ हजारको मृत्यु हुने गरेको अनुमान छ।

यो भाइरस डेंगु, यलो फिभर र वेस्ट नाइलसँग सम्बन्धित फ्लेभिभाइरस हो, जसलाई मुख्यतस् क्युलेक्स प्रजातिको लामखुट्टेले फैलाउँछ। संक्रमित सुँगुर तथा पानीमा बस्ने चरालाई लामखुट्टेले टोकेर पुनः मानिसमा रोग फैलाउने गर्छ।

यद्यपि धेरैमा हल्का ज्वरो वा टाउको दुखाइ मात्र देखिए पनि गम्भीर अवस्थामा इन्सेफ्लाइटिस हुने र त्यसको मृत्युदर ३० प्रतिशतसम्म पुग्ने जनाइएको छ। बाँचेका ३० देखि ४० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायु, संज्ञानात्मक वा व्यवहारिक समस्या देखिने डब्लुएचओले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="