after_navbar

संविधान दिवसः संविधान घोषणाको दशक पुरा


असोज ०३, २०८२


काठमाण्डौ, ३ असोज। आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका थिए। संविधान जारी भएको आज एक दशक पूरा भएको छ ।

गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार दिवसको मूल कार्यक्रम राजधानीको सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा उपस्थित छन् भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ ।

विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका सांस्कृतिक प्रस्तुति कम गर्ने निर्णय गरिएको छ । पछिल्ला आन्दोलनका कारण जनधनको क्षति भएको र विषम अवस्था सिर्जना भएकाले बहस, छलफल र अन्तरक्रियासहितका गतिविधि आयोजना नगर्ने तयारी गरिएको छ ।

संविधान जारी भएको दशकलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले भदौ ८ गते मूल समारोह समिति गठन गरेको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुहुँदा राजनीतिक परिस्थितिमा परिवर्तन आएको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="