after_navbar

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने


असोज ०८, २०८२


काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न र छानबिन गर्ने व्यवस्थालाई सक्रिय बनाएको बताएको छ ।

मन्त्रालयका अनुसार, कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या परेमा तत्काल गुनासो गर्न सकिनेछ। यसका लागि हेल्पलाइन नम्बर १११५, भ्वाइस ह्वाट्सएप नम्बर ९८५१२५५८२१, इमेल info@mohp.gov.np लगायतका माध्यम उपलब्ध गराइएको छ।

त्यसैगरी, प्रवक्ता तथा सूचना अधिकारीमार्फत् पनि गुनासो तथा प्रतिकृया दिने व्यवस्था गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई प्राथमिकता दिँदै यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएको छ।

सचिवालयका अनुसार, गुनासो व्यवस्थापनमा आएका सबै उजुरीलाई सम्बन्धित निकायमा पुर्‍याइनेछ र आवश्यक कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="