दाङ,१३ मसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीको यो दोस्रो जित हो। चार खेल खेलेको लुम्बिनीले दुई खेलमा पराजित र दुई खेलमा जित हात पारेको छ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । पोखराले लुम्बिनीलाई दिएको १५१ रनको विजय लक्ष्यलाई लुम्बिनीले ३ बल र ३ विकेट बाँकी रहँदै पूरा गरेको हो।
जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो।
लुम्बिनीसँग पराजित पोखरा अङ्क तालिकाको पुच्छारमा रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस