रसुवा,२२ मंसिर । दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज बिहान जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।
उनीहरूलाई निजी जमिनमा घाँस काटिरहेका बेला लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले आक्रमण गरेको स्थानीयले बताए।
स्थानीयस्तरमा प्राथमिक उपचार गरिएको दुवै जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्।
?
प्रतिक्रिया दिनुहोस