after_navbar

तुलसीपुरमा भोलिदेखि महोत्सव सुरु: प्रदेश सभामुख घर्तीले उद्घाटन गर्ने


घण्टा अगाडि


दाङ,३पुस । भोलिदेखि दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव सन्चालन हुन लागेको छ। शुक्रबार देखी सुरु हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गर्ने भएका छन्। नेपाल घरेलु तथा साना उद्योग संघ तुलसीपुरको आयोजनामा सञ्चालन हुन लागेको छ। महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन सो कुराको जानकारी गराइएको हो ।

ad

महोत्सव उद्घाटनका अवसरमा बिहान ११ बजे तुलसीपुर बसपार्कबाट र्‍याली सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती रहनेछन्।

“स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौं, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार” भन्ने मूल नारासहित महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवमा ४० वर्षमुनिका युवालाई लक्षित गरी आइडिया कन्स्टेस्ट तथा २५ वर्षमुनिका युवायुवतीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ।

सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र महोत्सव स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको आयोजकले जानकारी दिएको छ।

कृषि तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ। साथै बिक्री–वितरणको आधारमा उत्कृष्ट स्टललाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिने जनाइएको छ।

महोत्सव सञ्चालनका लागि २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने व्यवस्थापनका लागि २७ वटा विभिन्न उपसमिति बनाइएको आयोजकले जनाएको छ।महोत्सव पुस ४ गतेदेखि १९ गतेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="