after_navbar

तुलसीपुर महोत्सवः आज रामजी खाँणसहित चर्चित कलाकारको प्रस्तुति


५ घण्टा अगाडि


दाङ, ५ पुस। दाङको प्रथम तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक रामजी खाँणसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ । महोत्सवको मूल आयोजक समितिका अनुसार आजको सांस्कृतिक कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने विविध प्रस्तुति समावेश गरिएका छन् ।

ad

आज हुने कार्यक्रममा लोकदोहोरी गायक रामजी खाँणसँगै चर्चित गायिका भूमिका गिरी, गायिका रचना चौधरी, गायक राजमान खत्री, सोनी डान्स ग्रुप तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।

हिजो भव्य रूपमा उद्घाटन भएको महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुने छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महोत्सवको उद्घाटन गरेसँगै कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरद्वारा आयोजना गरिएको महोत्सवमा युवाहरूका लागि व्यवसायिक आइडिया सेयरिङ कार्यक्रमसमेत राखिएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ५० वटा स्टल किसानलाई निःशुल्क उपलब्ध गराइएको छ भने उत्कृष्ट कारोबार गर्ने कृषकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="