after_navbar

झण्डै सातादिनपछि भेटियो पुष्पाको शव


फागुन १४, २०८२


दाङ,१४ फागुन । भेरी नदीमा हाम फालेर बेपत्ता भएकी तुलसीपुरकी २१ वर्षीया पुष्पा सिंहको शव झण्डै सात दिनपछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरेस्थित भेरी नदी किनारमा बिहीबार शव फेला परेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँ निवासी पुष्पाले गत शुक्रबार दिउँसो करिब १२ बजे सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदीमाथिको पक्की पुलबाट हाम फालेकी थिइन्। उनी र उनका श्रीमान् ३० वर्षीय त्रीदेव मल्ल तुलसीपुर फर्किंदै गरेका बेला पुल पार गर्ने क्रममा उनले श्रीमानलाई झोला समात्न दिएकी र त्यसलगत्तै नदीमा हाम फालेको श्रीमानको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको थियो।

घटनापछि त्रीदेवले फोनमार्फत इलाका प्रहरी कार्यालय देवस्थल लाई जानकारी गराएका थिए। प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा टोली खटिएर खोजी कार्य सुरु गरिएको थियो। स्थानीयवासी र प्रहरीको प्रयासका बाबजुद सुरुमा फेला पार्न नसकिएपछि गोताखोर परिचालनको तयारीसमेत गरिएको थियो।

डेढ महिनाअघि मात्र विवाह भएका पुष्पा केही दिनअघि माइतीघर बनगाड कुपिण्डे नगरपालिका–६ सुनौली गएकी थिइन्। घटनापछि प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

घटनाको कारण खुल्न नसकिरहेका बेला झण्डै सात दिनपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="