after_navbar

जिम्मेवार र सन्तुलित रिपोर्टिङ गर्न आग्रह


४ घण्टा अगाडि


दाङ,२० फागुन । निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार र सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा सम्पन्न निर्वाचन केन्द्रित रिपोर्टिङ विषयक छलफलमा यस्तो आग्रह गरिएको हो।

ad

छलफलमा मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर सिन्जाली मगरले निर्वाचन अवधिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै सत्यतथ्य समाचार तथा सूचनाको सम्प्रेषण गर्न आग्रह गरे ।

उनले मतदानका दिन परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न, मतदाताको गोपनीयता सम्मान गर्न र निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरे । आधिकारिक सूचना सम्बन्धित निर्वाचन कार्यालय वा तोकिएका अधिकारीमार्फत मात्रै लिनुपर्नेमा उनले जोड दिए ।

सिन्जालीले निर्वाचन प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिँदै मतपेटिका सुरक्षा, मतगणना व्यवस्थापन र सूचना प्रवाहलाई व्यवस्थित बनाइएको बताए ।

निर्वाचन केन्द्रित रहेर मतदान स्थलको रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेलले जानकारी गराएका थिए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आचार संहितालाई प्राथमिकतामा राखेर सूचना तथा समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन्।

उनके पुष्टि नभएको सूचना नप्रसारण गर्न, सामाजिक सञ्जालमा फैलिने अफवाहबाट सावधान रहन र सत्यतथ्यमा आधारित समाचार मात्रै सार्वजनिक गर्न सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतमले निर्वाचनको संवेदनशीलतालाई ख्यालमा राखेर सत्यतथ्य समाचार बाहिर ल्याउन सबैमा आग्रह गरेका थिए। कुनै पनि दल वा व्यक्तिप्रति

पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरेको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीएन सागरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="