दाङ ,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको तुलसीपुर–५ स्थित तुलसी बोर्डिङ विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू मतदान केन्द्र परिसरमा लामबद्ध भएर लाइनमा बसेका थिए ।
मतदान सुरु भएसँगै प्रतिनिधि र समानुपातिक दुवैतर्फ सुरुवाती मत खस्न थालेको छ । बिहानको सुरुवाती समयमा नै मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ ।मतदान केन्द्र प्रमुख नवराज भण्डारीका अनुसार हालसम्म ६० जनाले प्रतिनिधिसभा र ६० जनाले समानुपातिकतर्फ मतदान गरेका छन् ।
मतदान शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ भने केन्द्रमा आवश्यक व्यवस्थापन मिलाइएको छ । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
निर्वाचनका कारण जिल्लाका प्रमुख बजार क्षेत्र तुलसीपुर, घोराही र लमही बन्द रहेका छन् । अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने अनुमति प्राप्त सवारीसाधन मात्र सञ्चालनमा छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस